back
prabhu insurance
himalayanlife

जापानमा यामाहाको नयाँ इलेक्ट्रिक स्कुटरको पेटेन्ट डिजाइन सार्वजनिक

यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। सो स्कुटर यामाहाको हालको कुनै पनि मोडलसँग मेल खाँदैन । यद्यपि यसको डिजाइन रे जेडआर १२५ सँग मिल्दोजुल्दो देखिएको छ।

यसको सबैभन्दा महत्वपूर्ण जानकारी ड्राइभट्रेन सिस्टमसँग सम्बन्धित छ। रिपोर्टका अनुसार यामाहाको एरोक्स ईमा मोटर स्विङआर्ममा जडान गरिएको भए पनि नयाँ स्कुटरमा मोटरलाई बिचमा राखिएको छ। यसको सिटमुनि स्वापेबल ब्याट्री जडान गर्ने अनुमान गरिएको छ । साथै स्कुटरको फ्रन्टमा टेलिस्कोपिक फोर्क, फ्रन्ट र रियर डिस्क ब्रेक र लामो सिंगल पीस सिटको जडान गरिएको छ ।

नयाँ स्कुटरको डिजाइन पनि निकै आकर्षक देखिएको छ। फ्रन्टमा भी आकारको डेटाइम रनिङ लाइटसँग जोडिएका २ वटा एलईडी हेडलाइट रहेको छ । रियरको टेललाइटलाई पनि आधुनिक शैलीमा तयार पारिएको छ। यसको अगाडिको भित्री भागमा सामान राख्न मिल्ने स्टोरेज उपलब्ध छ । स्कुटरमा किलेस इग्निशन र किलेस सिट एक्सेस सुविधा हुने अनुमान गरिएको छ। साथै, सानो टीएफटी डिस्प्ले पनि समावेश गरिएको देखिन्छ।

यद्यपि हालसम्म यो केवल जापानमा दर्ता भएको डिजाइन पेटेन्ट मात्रै भएकाले कम्पनीले नयाँ स्कुटरको आधिकारिक लन्‍च मितिबारे कुनै जानकारी दिएको छैन। यदि यो मोडल भारतीय बजारमा लन्च भयो भने यसले टीभीएस आइक्युब, भिडा भीएक्स२ र बजाज चेतक सीसी२५०१ जस्ता इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।