back
prabhu insurance
himalayanlife

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपी ग्यासको यथावत्

काठमाडौं। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल/मट्टितेलमा २ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले मूल्य वृद्धि गरिएको छ।

यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल तथा डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ, सुर्खेत र दाङमा १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १९७ रुपैयाँ ५० पैसा कायम भएको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।