back
prabhu insurance
himalayanlife

कुमारी क्यापिटलका तीन बन्दमुखी योजनाको लाभांश घोषणा

काठमाडौं । कुमारी बैंक लिमिटेड कोष प्रवर्द्धक र कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित तीन बन्दमुखी योजनाको लाभांश घोषणा भएको छ ।

साउन २१ गते अपरान्ह ४ बजे टंगालस्थित कुमारी बैंक लिमिटेडको प्रधान कार्यालयमा बसेको योजनाको सञ्चालक समितिको बैठकले योजनाका इकाईधनीहरूलाई आर्थिक वर्ष २०८२/८३ का लागि कर सहित प्रतिफल (नगद लाभांश) घोषणा गरेको हो ।

बैठकले कुमारी ईक्वीटी फण्डका लागि १० प्रतिशत, कुमारी धनवृद्धि योजनाका लागि पनि १० प्रतिशत र कुमारी सबल योजनाका लागि २.९० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।