बजारमा आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । स्थानीय सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु चार हजार ६०० र चाँदी तोलामा रु ९० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख एक हजार ६०० कायम भएको छ । हिजो एक तोला सुन रु तीन लाख छ हजार २०० मा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य रु चार हजार ६६० कायम भएको छ । हिजो एक तोला चाँदी रु चार हजार सात सय ५० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३२६ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
वि.सं.२०८३ साउन २९ ११:४७




















