back
prabhu insurance
himalayanlife

काठमाडौंका उपभोक्तालाई ५ ठाउँबाट आयल निगमले शनिबार ग्याँस सिलिण्डर वितरण गर्ने

काठमाडौं । नेपाल आयल निगमले काठमाडौँ जिल्लाका विभिन्न स्थानबाट खाना पकाउने एलपी ग्याँसका सिलिन्डरहरू बिक्री वितरण गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा शनिबार साउन ३० गते काठमाडौँका विभिन्न ५ वटा स्थानहरूबाट ग्याँस सहितको सिलिन्डर वितरण गर्न लागिएको हो।

निगमले प्रकाशन गरेको सूचना अनुसार, निगमको टेकु परिसरबाट नेपाल, एचपि, एभरेस्ट,सुगम, श्रीराम, सागर, सिद्धार्थ, श्री र हिमाल ग्याँस वितरण गरिनेछ।

यसैगरी यातायात कार्यालय परिसर,चाबहिलबाट नेपाल र एचपि, राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल,एचपि, एभरेस्ट,सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम, राधास्वामी, बसुन्धरा परिसरबाट नेपाल, एचपि, एभरेस्ट,सुगम, भानु र ओम ग्याँस विवरणत गरिने भएको छ। यसबाहेक पुरानो जिल्ला प्रशासन कार्यालय,बबरमहलबाट नेपाल,एचपि,

एभरेस्ट,सुगम,श्रीराम,सागर,हिमाल,एसटिसी,लोकप्रिय र सूर्य ब्राण्डका ग्याँस उपलब्ध गराइने भएको छ। सरकारले प्रभावकारीरूपमा आपूर्ती व्यवस्था मिलाउन नसकेपछि बजारमा खाना पकाउने ग्याँसको अभाव चर्किएको छ।