back
prabhu insurance
himalayanlife

कुमारी क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा भदौ २४ गते

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा भदौ २४ गते बुधबार गर्ने भएको छ ।  साधारण सभा क्यापिटलको केन्द्रिय कार्यालय, नागपोखरी, काठमाडौंमा साँझ ५ः३० बजे संचालन गर्ने जनाइएको छ ।

क्यापिटलको साउन २९ गते बसेको सञ्चालक समितिको ८६ औं बैठकको निर्णयानुसार सभाको मिति तय भएको हो ।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफानोक्सान हिसाव, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८३/०८४ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि चुक्ता पूँजीको १२.२५ का दरले हुन  आउने लाभांश कर सहित रु.४,९०,००,००० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।