back
prabhu insurance
himalayanlife

एनआईसी एशिया क्यापिटलको ५० प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५० प्रतिशतका दरले १० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त प्रस्ताव अनुमोदनका लागि कम्पनीले भदौ २६ गते बिहान ९ बजे थापाथलीस्थित क्यापिटलको रजिस्टर्ड कार्यालयमा १०औँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षण समितिको सिफारिसअनुसार लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।