नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ५ जना संस्थापक सेयरधनीले संस्थापक सेयर बिक्रीमा राखे
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) का पाँच जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख ७४ हजार ८८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।
बैंकका अनुसार पाँच जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर आंशिक वा पूर्ण रूपमा बिक्री गर्न आवश्यक स्वीकृतिका लागि निवेदन दिएपछि बिक्री प्रक्रिया अघि बढाइएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक समूहको सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
वि.सं.२०८३ भदौ ४ ०७:४०




















