ठमेल प्लाजा होटल एण्ड सुइट्सले आईपीओ जारी गर्ने
काठमाडौं । ठमेल प्जाला होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित भदौ ३१ गते आफ्नै सभाकक्षमा बिहान ९ बजे चौथो वार्षिक साधारणसभा बोलाएको छ।
उक्त साधारणसभाले सर्वसाधारणका लागि छुट्याइएको शेयर (आईपीओ) जारी गर्ने, आईपीओ जारी गर्न आवश्यक सम्पूर्ण कार्य गर्न र व्यवसाय विस्तारका लागि जग्गा किन्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि सोही साधारणसभामा पेश हुनेछ।
वि.सं.२०८३ भदौ ८ ०६:५९




















