बजारमा आज सुनको भाउ सामान्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको छ।
यससँगै आज सुन प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४ हजार ९ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो।
वि.सं.२०८३ भदौ १० १०:४८




















