back
prabhu insurance
himalayanlife

साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्रीमा राख्यो ८ गाडी

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्ना ८ वटा सवारीसाधन लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले २ वटा भक्सवागन भेन्टो, ४ वटा भक्सवागन पोलो र एक÷एक वटा टोयोटा यारिस र किया पिकान्टो ईएक्स-२ बिक्रीमा राखेको हो ।

कम्पनीका अनुसार भक्सवागन भेन्टोको मूल्य ६ लाख ५० हजार रुपैयाँ, भक्सवागन पोलोको ५ लाख २५ हजार रुपैयाँ, टोयोटा  यारिसको ४  लाख रुपैयाँ र किया  पिकान्टोको ३ लाख रुपैयाँ तोकिएको छ ।

कर्पोरेसनको केन्द्रीय कार्यालय, कालीमाटीमा रहेका ती सवारीसाधन हाल जे-जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्रीमा राखिएको हो । खरिद गर्न इच्छुक व्यक्ति, कम्पनीले २१ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्रमा अङ्कित रकमको २५ प्रतिशत धरौटीबापत कर्पोरेसनको खातामा नगद जम्मा गरेको सक्कल भौचर बोलपत्र फारामसँगै संलग्न गर्नुपर्नेछ ।