back
prabhu insurance
himalayanlife

बजारमा आज सुन चाँदीको भाउ सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको छ।

यससँगै आज सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९ सय ७५ रुपैयाँमा किनबेच भएको थियो।