back
prabhu insurance
himalayanlife

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एमएडब्लू ग्रुपको एक करोड ११ लाख सहयोग

काठमाडौं । एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ११ लाख रुपैयाँ योगदान गरेको छ । यसमार्फत देश पुनः स्थापना र पुनर्निर्माणको प्रक्रियामा अघि बढिरहँदा एमएडब्लू ग्रुपले नेपाली जनतासँग आफ्नो ऐक्यबद्धता जनाएको हो ।

बाढीबाट भएको क्षतिको प्रभाव देशभरका विभिन्न समुदायमा परेको छ । प्रभावित परिवारलाई तत्काल सहयोग र राहत पुर्‍याउने उद्देश्यले स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत यस योगदानले आफ्नो जीवन पुनः निर्माण गरिरहेका परिवारलाई केही राहत र सहयोग पुग्ने जनाएको छ ।

एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले कठिन परिस्थितिमा कम्पनीले सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रयास गर्दै आएको बताए । उनले कठिन समयबाट गुज्रिरहेका परिवारलाई यस सहयोगले केही राहत प्रदान गर्ने बताए ।