ग्लोबल आइएमई बैंकको लाभांश घोषणा
काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तपुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।
वि.सं.२०८३ भदौ १७ ०९:५६




















