बजारमा आज सुनको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा सात हजार ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ६१ हजार ४०० रुपैयाँ तोकिएको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०८३ भदौ १८ १०:५९


















