back
prabhu insurance
himalayanlife

भारतबाट भन्सार छुटमा २५ हजार मेट्रिक टन चिनी आयात गरिँदै

काठमाडौं । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई विशेष भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णय सुनाउँदै शिक्षामन्त्री सस्मित पोखरेलले भने, ‘साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत कुल २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने निर्णय भएको छ ।’

अहिले नेपाली बजारमा चिनीको अभाव देखिएको र चर्को मूल्यवृद्धि भएको उपभोक्ताले गुनासो गरिरहेका छन् । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै उपभोक्तालाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराउन सरकारले यो यस्तो योजना अपनाएको हो ।