शाओमी नेपालद्वारा बाढीपीडितका लागि अत्यावश्यक घरायसी सामग्रीका सहयोग
काठमाडौं । बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले शाओमी नेपालले २०० सेट आवश्यक घरायसी सामग्री सहयोग गरेको छ । ‘शाओमी फर कम्युनिटी’अन्तर्गत २०० वटा राहत सामग्रीका सेट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरिएको छ ।
हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले शाओमी नेपालले राहतस्वरूप आवश्यक भान्साका सामग्रीसहितका २०० सेट सहयोग गरेको हो ।
प्रत्येक राहत सेटमा १ वटा प्रेसर कुकर, १ वटा कराइ, ५ वटा प्लेट, ५ वटा चम्चा, ६ वटा कप, ५ वटा कचौरा र १ वटा थर्मस बोतल समावेश गरिएको छ । यसरी २०० सेटमार्फत बाढीपहिरो प्रभावित परिवारका लागि दैनिक खाना पकाउन तथा खानपिनका लागि आवश्यक घरायसी सामग्री उपलब्ध गराइएको छ ।
कुल २०० सेटमा २०० वटा प्रेसर कुकर, २०० वटा कराइ, १,००० वटा प्लेट, १,००० वटा चम्चा, १,२०० वटा कप, १,००० वटा बाउल र २०० वटा थर्मस बोतल रहेका छन् ।
‘दैनिक जीवनको पुनर्निर्माणमा सहयोगी हात’ (A Helping Hand to Rebuild Everyday Life) भन्ने भावनाका साथ गरिएको यस सहयोगले बाढीपहिरोबाट प्रभावित परिवारलाई पुनः सामान्य जीवनतर्फ फर्किने क्रममा केही राहत र सहजता प्रदान गर्ने विश्वास शाओमी नेपालले लिएको छ ।
शाओमी नेपालले यसअघि पनि भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको थियो ।
पछिल्लो राहत सामग्री वितरणसँगै शाओमी नेपालले बाढीपहिरोबाट प्रभावित समुदायको तत्कालीन आवश्यकतामा सहयोग पु¥याउने प्रयासलाई निरन्तरता दिएको हो ।
विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै शाओमी नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।
वि.सं.२०८३ भदौ ३१ १४:०१




















