हिमालयन बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले विभिन्न चारजना संस्थापक शेयरधनीहरूको नाममा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बैंकले संस्थापक शेयरधनी अमिर रत्न डंगोलको नाममा रहेको १ लाख कित्ता, मिना महर्जनको नाममा रहेको ३ लाख ९३ हजार ६६९ कित्ता, त्रिरत्न महर्जनको नाममा रहेको ३ लाख १७ हजार ४७३ कित्ता र विश्वेश श्रेष्ठको नाममा रहेको ३८ हजार ९८२.५७ कित्ता शेयर बिक्रीमा राखेको हो।
बैंकले यसअघि विभिन्न मितिमा उक्त शेयरहरू नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंककै विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा तोकिएको म्यादभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।
अतः सो शेयर किन्न चाहने सर्वसाधारणले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयस्थित कानून तथा शेयर विभागमा निवेदन दिनु पर्नेछ। शेयरको मूल्य सम्बन्धी जानकारी पनि सोही विभागबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
वि.सं.२०८३ असोज ५ ०८:२३




















