मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाईमा आज अन्तिम दिन
काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने मुक्तिनाथ म्युचुअल फण्ड २ को सार्वजनिक निष्काशन गरिएको इकाईमा मागभन्दा बढी आवेदन परेपछि बिक्री अवधि आज असोज ८ गते बैंकिङ समयपछि बन्द हुने भएको छ।
फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई निष्काशन गरेको थियो। यसअनुसार फण्डले १ अर्ब रुपैयाँ बराबरको इकाई सर्वसाधारण तथा सम्बन्धित पक्षका लागि बिक्रीमा ल्याएको हो।
कुल निष्काशनमध्ये न्यूनतम १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ। सुरक्षित इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवद्र्धक मुक्तिनाथ विकास बैंक र २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि छुट्याइएको छ। बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गरिएको हो।
इकाईका लागि यसअघि असोज १ गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। तर मागअनुसार आवेदन नपरेपछि बिक्री अवधि असोज १५ गतेसम्म थप गरिएको थियो। पछिल्लो अवधिमा मागभन्दा बढी आवेदन परेकाले तोकिएको समयअघि नै बिक्री बन्द गर्न लागिएको हो।
इकाई खरिदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’मार्फत सी–आस्वा प्रणालीबाट दिन सकिने व्यवस्था छ। मुक्तिनाथ म्युचुअल फण्ड २ को कोष प्रवद्र्धक मुक्तिनाथ विकास बैंक र यो
वि.सं.२०८३ असोज ८ ०९:१९




















