back
prabhu insurance
himalayanlife

बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार २०० रुपैयाँले घटेको छ।

योसँगै प्रतितोला सुन २ लाख ९९ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १६५ रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँमा किनबेच भएको थियो।