back
prabhu insurance
himalayanlife

यामाहा एक्सएसआर १५५ को नयाँ ब्लु कलर सार्वजनिक

काठमाडौं । यामाहाले एक्सएसआर १५५ मोटरसाइकलको नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’मा असोज ७ गते नयाँ कलर सार्वजनिक गरिएको हो ।

नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले असोज ५ देखि १० गतेसम्म भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट स् नेपालकै सबैभन्दा ठूलो एक्सचेन्ज मेला’ आयोजना गरिरहेको छ ।

नयाँ ब्लु कलरको एक्सएसआर १५५ को मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । नाडा अटो शोमा सार्वजनिक भएपछि ग्राहकको बढ्दो रुचिलाई ध्यानमा राख्दै थप कलर विकल्पका रूपमा नयाँ भेरियन्ट ल्याइएको कम्पनीको भनाइ छ ।

नाडा अटो शोमा एक्सएसआर १५५ ले ६ दिनमै ४२८ युनिट बुकिङ प्राप्त गरेको थियो । चाडपर्वको समय नजिकिएसँगै मोटरसाइकलप्रति ग्राहकको आकर्षण बढिरहेको र नयाँ कलरको मागसमेत आएको कम्पनीले जनाएको छ ।

एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले नाडा अटो शोमा एक्सएसआर १५५ ले उत्साहजनक प्रतिक्रिया पाएको बताए। ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ ब्लु कलर सार्वजनिक गरिएको उनले बताए ।

उनका अनुसार आगामी दिनमा नेपालमा एक्सएसआर १५५ का थप कलर विकल्पसमेत ल्याउने तयारी छ ।

यामाहा एक्सएसआर १५५ मा नियो–रेट्रो डिजाइन, छुट्टै पहिचान र आधुनिक प्रदर्शनलाई संयोजन गरिएको कम्पनीले जनाएको छ ।

भृकुटीमण्डपमा जारी एक्सचेन्ज मेला असोज १० गतेसम्म सञ्चालन हुनेछ। मेलामा ग्राहकले नयाँ ब्लु एक्सएसआर १५५ अवलोकन तथा टेस्ट राइड गर्न सक्नेछन् ।

त्यस्तै, मेलामा ५० भन्दा बढी मूल्याङ्कनकर्तामार्फत पुरानो दुईपाङ्ग्रे सवारीसाधनको मूल्याङ्कन गराई जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ यामाहा खरिद गर्न सकिनेछ । कम्पनीले मेलामा विशेष चाडपर्व एक्सचेन्ज अफरसमेत उपलब्ध गराएको जनाएको छ ।