मेट लाइफद्वारा किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा क्यासलेस उपचार दाबी सेवा सुरु
काठमाडौं । आफ्ना ग्राहकलाई स्वास्थ्य उपचारमा थप सहजता प्रदान गर्ने उद्देश्यले मेटलाइफ नेपालले किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालसँग साझेदारी गरेको छ ।
यस साझेदारी अन्तर्गत कर्मचारी लाभ बीमा योजना अन्तर्गतका योग्य ग्राहकले अस्पतालमा भर्ना हुँदा नगदरहित (क्यासलेस) उपचार सेवा लिन सक्नेछन् ।
यस सेवाले उपचारका लागि सुरुमै गर्नुपर्ने भुक्तानी घटाउनुका साथै दाबी प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन सहयोग गर्नेछ ।
किस्ट अस्पतालसँगको यस साझेदारी मार्फत मेटलाइफका कर्मचारी लाभ ग्राहकले बीमा योजनाका नियम तथा सर्तहरू अनुसार नगद रहित उपचार सेवा प्राप्त गर्न सक्नेछन् ।
यसले ग्राहकलाई उपचार र स्वास्थ्यलाभमा ध्यान केन्द्रित गर्न सहज बनाउँदै उपचारसँग जोडिएका प्रशासनिक तथा आर्थिक झन्झटलाई कम गर्न सहयोग गर्नेछ ।
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल नेपालका स्थापित शिक्षण अस्पतालमध्ये एक हो। ललितपुरस्थित आफ्ना स्वास्थ्य सुविधा मार्फत अस्पतालले विभिन्न प्रकारका सामान्य तथा विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ ।
साथै, यसले देशमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाको विकासमा समेत योगदान पुर्याउँदै आएको छ ।
किस्ट जस्ता विश्वसनीय स्वास्थ्य संस्थासम्म ग्राहकको पहुँच विस्तार गर्दै उपचार तथा दाबी प्रक्रियालाई थप सहज बनाउने माध्यमबाट कर्मचारी तथा उनीहरूका परिवारलाई आवश्यक परेको समयमा अझ प्रभावकारी सहयोग प्रदान गर्नु मेटलाइफ नेपालको उद्देश्य हो ।
अस्पतालमा उपचार गराउन जाने योग्य ग्राहकहरूले नगदरहित भर्ना प्रक्रियाका साथै आवश्यक कागजातसम्बन्धी जानकारीका लागि मेटलाइफ नेपाललाई ०१–५९७०१६६ मा सम्पर्क गर्न वा अस्पतालको तोकिएको सहायता टोलीसँग समन्वय गर्न सक्नेछन् । नगदरहित स्वास्थ्य दाबी सेवा बीमा योजनाको कभरेज, ग्राहकको योग्यता तथा लागू हुने नियम तथा सर्तहरूको अधीनमा रहनेछ ।
वि.सं.२०८३ असोज ८ १६:२१




















