back
prabhu insurance
himalayanlife

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । संस्थाले सर्वसाधारणका लागि उक्त शेयर विक्रीको लागि ३५ दिने सूचना जारी गरेको छ । कम्पनीले शेयरधनी किशोरी थापाको नाममा रहेको ५६ हजार ४३५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइएको थियो । तोकिएको समयभित्र शेयरधनीबाट शेयर खरीद आवेदन नपरेपछि सर्वसाधराण शेयरधनीहरुको लागि बिक्री गर्न लागिएको हो ।

उक्त शेयर  खरीद  गर्न ईच्छुकले आवश्यक कागजात सहित कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी–०४, ललितपुर वा शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्सालमा ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।