back
prabhu insurance
himalayanlife

सेन्साइको दशैँ विशेष उत्सव अफर: ३० हजार बढी क्यासब्याक र बम्पर उपहार

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँलाई लक्षित गर्दै इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साइ (Sensei) ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ ।

‘अँध्यारोपछि उज्यालो आउँछ। यो दसैँ, आशा नछोडौँ। हामी सँगै छौँ।’ भन्ने भावनात्मक सन्देशसहित कम्पनीले चाडपर्वको किनमेललाई लक्षित गरी यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत सेन्साइका घरायसी तथा इलेक्ट्रोनिक्स उपकरणहरू खरिद गर्ने ग्राहकले अधिकतम ३० हजार १०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने छन् । यो योजना सेन्साइका वाशिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कुलर, भ्याकुम क्लिनरलगायतका विभिन्न घरायसी उपकरणहरूमा लागू हुने बताइएको छ ।

कम्पनीले ग्राहकका लागि आकर्षक ‘पक्का उपहार’ को समेत व्यवस्था गरेको छ। जसअनुसार फ्रन्ट लोड वाशिङ मेसिन खरिद गर्दा ६ केजी सर्फ एक्सेल तथा सेमी-अटोमेटिक वाशिङ मेसिन खरिद गर्दा २ केजी सर्फ एक्सेल निःशुल्क प्रदान गरिनेछ ।

त्यसैगरी, यस योजनामा सहभागी ग्राहकले बम्पर उपहारस्वरूप ‘सेन्साइ डाइरेक्ट ड्राइभ वाशिङ मेसिन’ जित्ने अवसरसमेत पाउनेछन् । बम्पर उपहारमा सहभागी हुनका लागि ग्राहकले उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो आवश्यक विवरण दर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

ग्राहकहरूको खरिद प्रक्रियालाई सहज र भारमुक्त बनाउन कम्पनीले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी तथा पुराना सामानसँग नयाँ साट्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ।

भदौ २६ देखि सीमित अवधिका लागि लागू गरिएको यो योजना नेपालभरका आधिकारिक डिलर नेटवर्क, २२ वटा सीजी डिजिटल शोरुम तथा cgdigital.com.np मार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नेपालमा चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले सेन्साइका उत्पादनहरू आधिकारिक रूपमा बिक्री–वितरण गर्दै आएको छ।