back
prabhu insurance
himalayanlife

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई बैंकको शेयरमूल्य समायोजन भएको छ। नबिल बैंक र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी बैंकहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले नबिलको ५ प्रतिशत र गरिमा विकास बैंकको १० प्रतिशत बोनश शेयर पछिको मूल्य समायोजन गरेको हो। समायोजनपश्चात नबिल बैंकको शेयरमूल्य ५३९ रुपैयाँ ५ पैसा कायम भएको छ भने गरिमा विकास बैंकको ४१४ रुपैयाँ ५५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन नबिलको शेयर प्रतिकित्ता ५६६ रुपैयाँमा र गरिमा विकास बैंकको ४५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी बैंकको कारोबार खुल्नेछ।