back
prabhu insurance
himalayanlife

लुम्बिनी विकास बैंकको १ लाख ५१ हजार बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकको १ लाख ५१ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १ लाख ५१ हजार ५८५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो सर्वसाधारण लगानीकर्ता र संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।

यसका लागि १५ दिनको समय दिइएको छ। यस अवधिभित्र योग्य लगानीकर्ताले काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

यसअघि बैंकका विद्यमान संस्थापक शेयरधनीलाई ३५ दिनको समय दिएर उक्त शेयर बिक्रीमा राखिएको थियो।

तर, संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिएको हो।