back
prabhu insurance
himalayanlife

सिटिजन्स क्यापिटलको एक अर्बको ‘सिटिजन्स सुपर ५०’ योजना स्वीकृत

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन्स क्यापिटल लिमिटेडको नयाँ सामूहिक लगानी योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनका लागि अनुमति दिएको छ।

बोर्डले असोज ७ गते उक्त योजना स्वीकृत गरेको हो। स्वीकृत योजनाको कुल आकार एक अर्ब रुपैयाँ रहेको छ।

सिटिजन्स क्यापिटलले योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन गर्नेछ। यो १० वर्षे अवधिको बन्दमुखी सामूहिक लगानी योजना हो।

योजनाको प्रवर्द्धकमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड तथा योजना व्यवस्थापकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेका छन्।

सिटिजन्स क्यापिटलले यसअघि पनि एउटा बन्दमुखी सामूहिक लगानी योजना व्यवस्थापन गर्दै आएको छ। नयाँ ‘सिटिजन्स सुपर ५०’ को इकाई बिक्री कहिलेदेखि खुल्ने भन्ने विषयमा भने हालसम्म थप विवरण सार्वजनिक गरिएको छैन।