back
prabhu insurance
himalayanlife

असोज २९ गतेबाट राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र असोज २९ गतेबाट निष्कासन गर्ने भएको छ। राष्ट्रिय वाणिज्य बैंकलाई ‘आरबिबिएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो।

जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

सार्वजनिक निष्कासन गरिने कुल इकाइमध्ये बैंकले ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी ११ लाख ४० हजार इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ।

यो ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्कासन बन्द छिटोमा कात्तिक १० गतेदेखि ढिलामा कात्तिक १२ गते बैंकिङ समयपछि हुनेछ। यो ७ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।