back
prabhu insurance
himalayanlife

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विप्रेषण (रेमिट्यान्स) मुद्दती निक्षेप खातामा एक प्रतिशत थप ब्याज दिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विप्रेषण (रेमिट्यान्स) मुद्दती निक्षेप खातामा एक प्रतिशत थप ब्याज दिने भएको छ।

बैंकका अनुसार २०८३ साल कात्तिक १ गतेदेखि लागू हुने गरी सम्पूर्ण विप्रेषण मुद्दती निक्षेप खाता तथा विप्रेषणबाट प्राप्त रकमबाट खोलिएका क्रमिक मुद्दती निक्षेप खातामा थप ब्याज उपलब्ध गराइनेछ।

बैंकले सोही प्रकृति र अवधिका व्यक्तिगत मुद्दती निक्षेप खातामा प्रदान भइरहेको ब्याजदरमा एक प्रतिशत थप गरी ब्याज दिने जनाएको छ।