आशुतोष इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जीलाई आईपीओ निष्काशनका लागि स्वीकृति प्रदान गरेको छ।
बोर्डले कात्तिक २० गते कम्पनीलाई प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरका कुल १२ लाख कित्ता शेयर निष्काशनका लागि विवरणपत्र प्रकाशन गर्ने अनुमति दिएको हो।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
वि.सं.२०८३ कात्तिक २० ११:५५




















