back
prabhu insurance
himalayanlife

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । सानिमा माई हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।कम्पनी सञ्चालक समितिको कात्तिक २७ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुले हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्। यो लाभांश विद्युत नियमन आयोगको स्वीकृपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।