मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८२/८३ कालागि लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ८ अर्ब ३ लाख ८८ हजार ७६९ रुपैयाँको कुल ७.२५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित वितरण गर्ने निर्णय गरेको हो।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
वि.सं.२०८३ मंसिर ११ ०९:५०




















