back
prabhu insurance
himalayanlife

बानेश्वर वितरण केन्द्रका विभिन्न क्षेत्रमा आजदेखि चार दिन दैनिक ५ घण्टा विद्युत कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण केन्द्रले आफ्नो कार्यक्षेत्रका विभिन्न स्थानमा मङ्सिर १२ गतेदेखि १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनामार्फत वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेको र भूमिगत कार्य सम्पन्न भइसकेका केबलहरूमा Structure fitting, HT/LT cable rising, cable connection, bushbar arrangement तथा cable charging सम्बन्धी काम गर्न विद्युत् कटौती गर्न लागिएको केन्द्रले सूचनामार्फत जानकारी दिएको छ।

प्राधिकरणका अनुसार तोकिएका सबै दिनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।आज शनिबार आलोकनगर मार्ग, आलोक मध्य मार्ग, आलोक तारा मार्ग, सावित्री मार्ग, नापि विभाग एरियामा विद्युत् आपूर्ति बन्द रहनेछ ।

भोलि आइतबार शंखमुल मार्गमा विद्युत् आपूर्ति बन्द रहनेछ ।पर्सि सोमबार बुद्धनगर, बिजुली बजार एरियामा विद्युत् कटौती हुने छ । यस्तै, मंसिर १५ गते मंगलबार ३१ नं. वडा कार्यालय एरिया, तिनकुने तरकारी बजार एरियामा विद्युत् कटौती हुने छ ।