back
prabhu insurance
himalayanlife

कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण

काठमाडौं । अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दावी गरेको छ।

मोल्नुपिरभिर नामक सो खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम अन्त्यन्न सकारात्मक रहेको उत्पादक कम्पनी मर्कले जनाएको छ। मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो ।

परिणाम उत्साहजनक भएकाले बाह्य अनुगमनकर्ताहरूले परीक्षणकाल छोट्याउन अनुरोध गरेको सो कम्पनीले जनाएको छ।

मर्कले अमेरिकामा अबको दुई हप्तामा आपतकालीन प्रयोगका लागि अनुमति लिन निवेदन दिने बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले परिणाम असाध्यै राम्रो समाचार भएको टिप्पणी गर्नुभएको छ।

उनले अमेरिकी खाद्य तथा औषधि नियामक निकाय एफडीएले त्यो तथ्याङ्क समीक्षा नगरेसम्म भने सावधानी अपनाउन आग्रह गरे। आजको नागरिक दैनिकबाट