back
stc
prabhu insurance

काठमाडौं महानगरपालिकाले करार सेवामा २५८ जना नगर प्रहरी जवानको लागि दरखास्त आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा २५८ जना नगर प्रहरी जवानको लागि दरखास्त आह्वान गरेको छ।

महानगरपालिकाले शनिबार एक सूचना प्रकाशित गरी २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी माग गरेको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएकाहरूलाई महानगरपालिकाले दरखास्त दिन आग्रह गरेको छ।

महानगरले ७ दिनभित्र आफ्नो वैकल्पिक दर्ता नम्बर र नागरिकताको प्रमाणपत्रसहित महानगरको प्रशासन विभागमा दरखास्त पेस गर्न समेत आग्रह गरेको छ।

हेर्नुहोस् महानगरको सूचना :