back
stc
prabhu insurance

इसेवा मनि ट्रान्सफर र कुवेत इन्डिया इन्टरनेसनलबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्सफर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स कारोबार गर्दै आएको कुवेत इन्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अझ सहज हुने इसेवाले जनाएको छ । कुवेतमा रहेका नेपालीहरूले कुवेत इन्डिया इन्टरनेसनलमार्फत नेपालका कुनै पनि बैंक खाता तथा इसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्नेछन् ।

साथै, कुवेतमा रहेका कुवेत इन्डिया इन्टरनेसनलका ८ वटा शाखा तथा मोबाइल भ्यानमार्फत पनि नगद रेमिट्यान्स पठाउन सकिन्छ । मोबाइल भ्यान रकम पठाउने व्यक्तिको घर घरमा पुग्नेछ ।

उक्त रकम नेपालमा रहेका इसेवा मनि ट्रान्सफरका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिने तथा सीधै इसेवा खातामा लोड गर्न सकिने इसेवाले जानकारी गराएको छ ।

कुवेत इन्डिया इन्टरनेसनल एक्सचेञ्ज सन् १९७९ मा स्थापित कुवेतको केन्द्रीय बैंकबाट अनुमति प्राप्त रेमिट्यान्स कम्पनी हो । यसले स्मार्ट वित्तीय सेवाका साथ रेमिट्यान्स, मुद्रा विनियम जस्ता सेवाहरू दिँदै आएको छ ।

यता, इसेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलिको माध्यमबाट इसेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको कम्पनीले जनाएको छ ।

इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।