वेस्टर्न युनियन क्यास उत्सव: दशैँ र तिहारमा दैनिक २० हजार जित्न सकिने
काठमाडौं । वेस्टर्न युनियनले दशैं तिहरालाई लक्षित गरेर ‘क्यासउत्सव’ योजना ल्याएको छ । यस योजना अन्तर्गत असोज १ गते देखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।
यस योजनामा सहभागी हुन ग्राहकले नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– ए।टि।टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट , नबिल बैंक, डिजिटेक। र सूर्य रेमिट बाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।
यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले २० हजार जित्नेछन् । यस बाहेक योजना अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछन् ।
यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिनेछ जसमा १ जना भाग्यशाली विजेताले ५ लाख रुपैयाँ जत्नेछ ।
हरेक उपहार रकममा नेपाल सरकारको नियम बमोजिम २५ प्रतिशत कर कट्टा गरी भुक्तनी दिइने कम्पनीले जानकारी दिएको छ ।
वि.सं.२०७८ असोज ३ १७:२१




















