back
stc
prabhu insurance

नेप्सेमा शेयर ७९.४३ प्रतिशत बृद्धि

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेयर बजारको विषयमा प्रत्यक्ष चासो देखाएपछि दोहोरो अंकको उछाल देखिएको छ । एक साता अघि धितोपत्र बोर्डले ५१ वटा कम्पनीको कारोबारमा इन्साईडर ट्रेडिङ, कर्नरिङ गरेर अस्वभाविक मूल्य बढाएको भन्दै सूचना निकालेपछि बजारमा निरन्तर गिरावट आएको थियो ।

बजारमा लगातार गिरावट आएर लगानीकर्ताको खर्बौ सम्पती गुमेपछि मन्त्री पौडेलले बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सोमबार मन्त्रालयमा बोलाएर त्यस विषयमा जानकारी लिएका थिए ।

यसअघि लगानीकर्ताहरुले घाटा खाएर नै सेयर बिक्री गरेका थिए । अर्थ मन्त्रालयले नै चासो दिएपछि लगानीकर्ताहरुको मनोबल बढेको देखिएको छ ।

उपप्रम पौडेलले ५१ कम्पनीको बारेमा चासो देखाएपछि मंगलबार बजार उछाल देखिएको छ । मंगलबार बजार मापन गर्ने सूचक ७९.४३ अंकले बढेर परिसूचक २९१३.८४ बिन्दुमा रोकिएको छ । यो दिन २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६।१९ अंकले बढेर ५३६।३४ बिन्दुमा रोकिएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा उल्लेख्य सुधार देखिएको छ । मंगलबार कारोबार रकमको आधारमा पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १ अर्ब ४९ करोड ३२ लाख ५३ हजार ७१२ रुपैयाँको सेयर किनबेच भएको छ ।