back
stc
prabhu insurance

सनराइज फर्स्ट म्युचुअल फन्डको ५०% नगद लाभांश दिने 

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरुलाई ५०% नगद लाभांश वितरण गर्ने भएको छ ।

कोष व्यवस्थापक सनराइज क्यापिटलले कर सहित ५०% नगद लाभांश वितरण गर्न लागिएको जनाएको छ । तसर्थ, फन्डले ५०% का दरले हुने ४३ करोड रुपैयाँ बराबर लाभांश वितरण गर्नेछ । लाभांश प्रयोजनका लागि बुक क्लोज मिति छिट्टै घोषणा हुने क्यापिटलले जानकारी दिएको छ ।