back
stc
prabhu insurance

सरकारले धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगानासँग स्पष्टीकरण सोध्ने

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

अध्यक्ष ढुंगानालाई सरकारले निलम्ब्न गरिसकेको छ । सरकारले ढुंगानामाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय आयोग गठन गरेको थियो ।

प्राथमिक सेयर निष्कासन गर्नुअघि नै सर्वोत्तम सिमेन्टको सेयर छोरी रेविका ढुंगानाको नाममा खरीद गरेको भेटिएपछि सरकारले अध्यक्ष ढुंगानामाथि छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले ढुंगानालाई धितोपत्र बोर्ड ऐन अनुसार तत्काल पदमुक्त गर्न सुझाव दिएको थियो ।