back
stc
prabhu insurance

आज सेयर बजार ५९.५७ प्रतिशतले ओरालो लाग्यो

काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन आज कार्तिक २५ गते बिहीबार पनि सेयर बजारमा भारी गिरावट आएको छ। आज बजार ५९.५७ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २६९०.२९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.६३ अंकले घटेर ५०२।१९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पनि ५ अर्ब रुपैयाँ बढीको मात्रै भएको छ।

आजको घटाइलाई करेक्सनकै रुपमा लिनुपर्ने देखिन्छ। प्राविधिक रुपमा करेक्सन आउने देखिएको थियो, करेक्सन आयो। बजार बुलिस नै रहेकोले आत्तिनुपर्ने अवस्था रहेको छैन। अहिले बजारमा ट्रेडर हावी भएको अवस्था छ।जसका कारण नाफाबुक गर्नेहरु पनि बढेका छन्।

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष चयनको प्रक्रिया तीव्रगतिमा भइरहेकोले यसले बजारलाई सकारात्मक प्रभाव पार्ने देखिन्छ। लाभांश घोषणाको सिजन पनि भएकोले बजार सकारात्मक नै हुनेछ।

तिहारकै जसरी बजार बढेको थियो, त्यहीअनुरुप बजार घटिरहेको छ। बजार केही समय साइडवेजमा रहन सक्छ। धेरैतिर नीति अस्पष्टता देखिएकोले मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि बजारको अबको बाटो तय हुन सक्ने अनुमान छ। अहिले ब्याजदर र तरलताले बजार प्रभावित भएको हुन सक्छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक ४.२२ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूहमा ३.६१ प्रतिशतले घटेको छ। बैंकिङ समूहमा १.५७ प्रतिशत, व्यापार समूहमा १.८९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.८२ प्रतिशत, जलविद्युत समूहमा २.९ प्रतिशत, निर्जीवन बीमा समूहमा २.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९९ प्रतिशत, अन्य समूहमा २.९८ प्रतिशत, लघुवित्त समूहमा २.१३ प्रतिशत, जीवन बीमा समूहमा २.०५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४५ प्रतिशत र लगानी समूहमा ३.०५ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक ४७ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३१ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आईसीएफसी फाइनान्सको २९ करोड २२ लाख रुपैयाँ, अपी पावरको १४ करोड ७३ लाख रुपैयाँ, ज्योति विकास बैंकको १३ करोड ४४ लाख रुपैयाँ, अरुण काबेली पावरको १२ करोड ६८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १० करोड ९९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड ५१ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ९ करोड ८६ लाख रुपैयाँ र कामना सेवा विकास बैंकको ९ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज मानुषी लघुवित्त र तेह्रथुम पावरको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। मानुषी लघुवित्तको सेयरभाउमा १० प्रतिशत र तेह्रथुम पावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकका सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। यी दुवै कम्पनीको सेयरभाउ १० प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।