back
stc
prabhu insurance

 नेपाली सेयर बजार ५६ अंकले वृद्धि

काठमाडौं । नेपाली सेयर बजार नेप्से आज बैशाख २८ गते बुधबार एकैदिन ५६ अंकले वृद्धि भएको छ। साताको पहिलो दिनदेखि बढ्न सुरु भएको सेयर बजारमा बुधबार ५६.०६ अंकले बढेर २३६९.०७ अंकमा पुगेर बन्द भएको छ ।

अधिकांश कम्पनीको सेयर मूल्यमा हरियाली छाउँदा नेप्से २.४२ प्रतिशत बढेको छ । नेप्सेमा बुधबार ५३ लाख ३३ हजार १ सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँको कारोबार भएको बताइएको छ ।

अघिल्लो सातासम्म घटेको सेयर बजार यो साताको सुरुवात आइतबारबाट निरन्तर उकालो लाग्दै आएको छ । साताको पहिलो दिन गत आइतबार २२.३८ अंकबाट बढ्न सुरु भएको सेयर बजार बुधबारसम्म १३० अंकले बढेर २३६९ अंकमा पुगेको छ।

आज बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स ९.५२ अंकले बढेर ४५६ अंकमा पुगेको छ । नेप्सेमा २२९ कम्पनी सेयर खरिदबिक्री हुँदा ९ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने २०९ कम्पनीले सेयरधनीले नाफा कमाएका छन् ।

सेयर बजारमा उछाल आउँदा बरुण हाइड्रो पावर कम्पनी, गणपति लघुवित्त, जल्पा सामुदायिक लघुवित्त, नेपाल फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, राधी हाइड्रो सिनर्जी हाइड्रो ,युनियन , र युनिभर्सल पावर कम्पनीले १० प्रतिशतको सकारात्मक सर्किट हानेका छन् । नेप्सेमा ९ कम्पनीका सेयरधनीले आज गुमाएका छन् ।

नेप्सेको सब इन्डेक्स तर्फ नन् लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै २४३ अंकले वृद्धि भएको छ भने लाईफ इन्स्योरेन्स, डेभलपमेन्ट बैंक , हाइड्रो पावर कम्पनी, माइक्रो फाइनान्स सेक्टरमा १०० अंक बढीको वृद्धि भएको छ।