सेयर बजारमा केही अंकले सुधार
काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक असार १५ गते बुधवार सामान्य अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढे पनि सोमबार र मंगलबार गिरावट भएको नेप्से परिसूचक आज बुधबार वृद्धि भएर कारोबार बन्द भएको छ ।
बुधवार नेप्से परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ बिन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २।६७ अंकले बढेको छ ।
बुधबार कारोबारमा आएका २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता शेयर १ अर्ब ४३ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा वृद्धि भएसँगै मंगलबारको तुलनामा कारोबार रकममा पनि केही सुधार भएको छ ।
अघिल्लो कारोबार दिन १ अर्ब बराबरको शेयर कारोबार भएको थियो । बुधवार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ६.५६ प्रतिशत बढेको छ ।
त्यस्तै, विकास बैंक र वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।
बुधवार नेप्से परिसूचकमा वृद्धि भएसँगै दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।त्यस्तै, वरुण हाइड्रोपावरको शेयरमूल्य ९.४५ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा ५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर ङादी ग्रुप पावरको शीर्ष स्थानमा छ । एशियन लाइफ इन्स्योरेन्स लि।को ५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
वि.सं.२०७९ असार १५ १६:४५




















