सेयर बजार सामान्य बृद्धि
काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार सामान्य रूपमा बढेको छ । लगातार घटिरहेको सेयर बजार आज भदौ १३ गते सामान्य सुधार भएको छ ।
नेप्से ३.७६ अंकले बढेर १९९३.०२ विन्दुमा पुगेको छ । आज जीवन बीमा र उत्पादन समूहको सेयर ४० अंकभन्दा धेरै बढेको छ। बैंक, माइक्रोफाइनान्स, लगानी र म्युचल फन्ड समूहको सेयर भने घटेको छ ।
आज २२२ वटा कम्पनीको ३४ लाख ४० हजार कित्ता सेयर एक अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ११ करोड २५ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो ।
नेप्से सामान्य बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि रुरु जलविद्युत् कम्पनीको सेयर झन्डै ६ प्रतिशतले घटेको छ ।
वि.सं.२०७९ भदौ १३ १८:३०



















