नेपाल स्टक एक्सचेन्जमा शुक्रबार सेयर कारोबार हुने आज ३१ गते अन्तिम
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा शुक्रबार सेयर कारोबार हुने आज ३१ गते अन्तिम हो । असोज महिनाबाट शुक्रबार हुँदै आएको सेयर कारोबार बन्द हुँदैछ ।
नेप्सेको भदौ १९ गते बसेको सञ्चालक समिति बैठकले असोजबाट आइतबारदेखि बिहीबारसम्म सातामा ५ दिन मात्र बजार खुला गर्ने निर्णय गरेको थियो । तसर्थ, आज नैै शुक्रबारको सेयर कारोबार हुने अन्तिम दिन हो ।
वि.सं.२०७९ भदौ ३१ १२:५७



















