back
stc
prabhu insurance

साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस कर्पोरेसनको बिहीबार (पुस २८ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

साल्ट ट्रेडिङको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ । आघिल्लो वर्ष यसले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत नगद वितरण गरेको थियो ।