back
stc
prabhu insurance

आज पनि शेयर बजार घट्यो

काठमाडौं । शेयर बजार लगातार चौथो दिन आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४६ अङ्कले घटेर दुई हजार २६ दशमलव ५९ विन्दुमा झरेको छ ।

आज उत्पादन बाहेक अरु सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर झण्डै आठ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटे पनि बोटलर्स नेपाल, हिमालय उर्जा विकास कम्पनी र समाज लघुवित्तको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज ६३ लाख ४१ लाख कित्ता शेयर दुई अर्ब २४ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ११ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।