back
stc
prabhu insurance
nabil

सन सेक्युरिटिज प्रा.लि.ले “सन विथ कम्युनिटि” कार्यक्रम सञ्चालन 

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आज काठमाडौं महानगरपालिका वार्ड नं. १ सँगको सहकार्यमा “सनविथ कम्युनिटि”कार्यक्रमको शुरुवात गरेको छ ।

सन सेक्युरिटिज प्रा.लि.को कार्यालय नक्सालमा काठमाडौं महानगरपालिका वडा नं. १ मा बसोबास गर्ने स्थानीय वासिन्दाहरुलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो ।

कार्यक्रम अन्तरगत सन सेक्युरिटिज प्रा.लि.ले वडा नं.१ का स्थानीय वासिन्दाहरुलाई शेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरिएको छ ।

२ बजेदेखि ५ बजेसम्म सञ्चालित कार्यक्रममा काठमाडौं महानगरपालिका वार्ड नं. १ का सचिव सर्वज्ञ राजपौडेलको प्रमुख आतिथ्यतथा सन सेक्युरिटिज प्रा.लि.का कार्यकारी अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सनविथ कम्युनिटि कार्यक्रम अन्तरगत आजको कार्यक्रममा शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।

जसमा शेयर बजारको वर्तमान अवस्था, शेयर बजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा १  भित्र वडाभित्र बसोबास गर्नुहुने करिब ६० जना स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सर्वज्ञ राजपौडेलले सन सेक्युरिटिजले काठमाडौं महानगरपालिका १ भित्र समुदायलाई लाभ हुने गरी सञ्चालित यस प्रकारको कार्यक्रमबाट १ नं. वडाबासीहरु लाभान्वित हुने बताउनुभयो ।

साथै शेयर बजारमा लगानीगरी स्थानीयले अतिरिक्त लाभ आर्जन गर्न सक्ने भएको हुँदा प्राथमिक बजार तथा दोश्रो बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताउनुभयो ।

यसैगरी कार्यक्रमका अध्यक्ष तथा सन सेक्युरिटिज प्रा.लि.का कार्यकारी अध्यक्ष कृष्ण गिरीले सन सेक्युरिटिज प्रा.लि.ले यस काठमाडौं महानगरपालिका वार्ड नं. १ भित्र धितोपत्र ब्रोकर व्यवसाय सञ्चालन गर्दै गर्दा यसको लाभ सम्पूर्ण १ नं. वडाका बासिन्दाहरुले पाउन सक्नुहोस् भनेर व्यवसायलाई कम्युनिटिसँग जोड्ने पहल स्वरुप यस प्रकारको कार्यक्रको शुरुवात गरिएको बताउनुभयो ।

उहाँले यस्तो कार्यक्रम हरेक महिनाको दोश्रो शुक्रबार सञ्चालन गरिने बताउनुभयो । यसबाहेक पनि सम्पूर्ण वडा नं. १ बासी स्थानीयहरुले सन सेक्युरिटिजको कार्यालयमा कार्यालय समय भित्रआई शेयर बजार  तथा  लगानीका विषयमा  रहेका आफ्ना समस्या तथा जिज्ञासाहरु राख्नसक्ने बताउनुभयो ।