back
stc
prabhu insurance

सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज फागुन १६ गते दिन

काठमाडौं । आज बुधबार फागुन १६ गते सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।

पहिलो पटक बुक बिल्डिङ मार्फत सर्वसाधारणलाई आइपीओ जारी गरेको यस कम्पनीको आइपीओमा मंगलबार बिहान १० बजेसम्म १० अर्ब २२ करोड ३४ लाख ३४ हजार ४४९ रुपैयाँ बराबरको आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकले देखाएको छ ।

सीडीएसका अनुसार ५ लाख २४ हजार ७८ जनाले २ करोड ८३ लाख २७ हजार ६१० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १०।२० गुणा बढी हो ।

सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ मार्फत सर्वसाधारणलाई फागुन १३ गतेगतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् । यसमा एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।