साल्ट ट्रेडिङ कर्पोरेसनको ५७ औं वार्षिक साधारण सभा सुरु
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५७ औं वार्षिक साधारण सभा आज चैत २३ गते सुरु भएको छ । साधारण सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ९ गते बुक क्लोज गरिसकेको छ ।
तसर्थ, चैत ८ गतेसम्म कायम रहने सेयरधनी मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेबाट सुरु भएको छ ।
वि.सं.२०८० चैत २२ ११:३९




















